लमजुङको बगुममा पहिरोले घर बगाउदा एकै परिवारका चारजना बेपत्ता

कास्कीमा तीन र ओखलढुंगामा एकजनाको निधन

 

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन । गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६९ वर्षीय रुद्रमान गुरुङ, उनका बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता बेपत्ता भएका हुन । बेपत्ताको खोजी जारी छ । पहिरोमा परेर अन्दाजी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । ९ वर्षीय निरज छिमेकीकोमा सुत्न गएकोले उनीहरु बच्न सफल भएका छन् । यसैगरी, बेंसीसहर नगरपालिका ११, चिती स्याउतमा पहिरोले घर भत्किाउँदा २ जना घाइते भएका छन् । उता ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उता मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाउदा बेपत्ता दुईजना अझै फेला परेक छैनन । बेपत्ता हुनेमा सुन्दरहरैँचा नगरपालिका–५ ६० वर्षीया असरादेवी चौधरी र २५ वर्षीया फुला चौधरी रहेका छन् । त्यस्तै कास्कीको मादी  ५ चितेपानी घुम्तीमा गएराति २ बजेको समयमा घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी छोरी १३ वर्षीया आयुष्माको मृत्यु भएको हो ।  पोखरा २७, आरुपाटामा ढुंगामाटोको घरमा माटोको ढिस्को खस्दा हरि सुनारका छोरा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ ।। 

प्रतिक्रिया