आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ। यो वर्ष ‘लागुऔषधविरुद्ध लडौँ ः रोकथाममा जोड दिऔँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।  संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवस मनाइन्छ । गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५.०६ प्रतिशतले वृद्धि भइरहेको छ । खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी पक्राउ पर्ने गरेका छन् । पछिल्लो ३ वर्षमा १८ हजार जना लागुऔषधसहित पक्राउ परेका प्रहरीको तथ्यांक छ । चालु आर्थिक आर्थिक वर्षको जेठसम्म मात्रै ६ हजार १७ जना पक्राउ परेका छन । 

 

प्रतिक्रिया