वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, जनजीवन कष्टकर

मनसुनसँगैको अविरल वर्षाका कारण कोशीको विराटनगरको अधिकांश भाग डुबानमा परेको छ । विराटनगरको पश्चिम भेगका दुई सय भन्दा बढी परिवारलाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ।  त्यस्तै, महानगर पूर्वको वडा नं. १९ का पनि तीन सय भन्दा बढी परिवारलाई उद्धार गरिएको छ । महानगरका १९ वटा वडामध्ये १२ भन्दा बढी डुबानमा परेका छन ।  डुबानलाई दृष्टिगत गर्दै अधिकांश स्कुल मंगलबारदेखि नै बन्द गरिएका छन । महानगरले सरकारी स्कुलमा डुबान पीडितलाई राखेको छ । पानी परिरह्यो भने महानगरको १२ नम्बर वडाका ५ सयभन्दा बढी घर डुब्ने स्थानीयले बताएका छन । डुवान हुनसक्ने क्षेत्रका ७० परिवारलाई बुधबार बिहान नै सुरक्षित ठाउँमा सारिएको छ । उता  बिहानदेखि परेको मुसलधारे वर्षाका कारण बुटवल जलमग्न भएको छ र वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा पूर्ण रूपमा जलमग्न भएको हो । पानी बग्ने सहज निकास नहुँदा सडक डुबेको स्थानीयको भनाइ छ । विहानैदेखि भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा क्षेत्रमा पनि ठूलो पानी परेको छ ।। 

प्रतिक्रिया