केन्यामा भएको हिंसात्मक प्रदर्शनमा ते¥ह जनाको मृत्यु, पचास जना घाईते

सरकारले कर बढाउन खोजेको भन्दै संसद् भवन छिरेर आतंक मच्चाउन खोज्नेमाथि प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु भएको छ । गोली लागेर ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन । आक्रोशित प्रदर्शनकारीले संसद् भवनमा आगो लगाइदिएका छन् । संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा प्रदर्शनकारी सुरक्षा घेरा तोडेर संसद भवन प्रवेश गर्न खोजेका थिए । आर्थिक संकटको सामना गरिरहेका बेला केन्या सरकारले कर वृद्धि गर्ने कानून ल्याउन खोजेको भन्दै भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । सुरक्षा घेरा तोडेर केही प्रदर्शनकारी सिनेट च्याम्बरसम्म पुगेको बताइएको छ । सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरेर सुरक्षित बाहिर निकालिएको छ । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको दाबी गरेको छ ।। 
 

प्रतिक्रिया