सटर स्वामित्व दिने भन्दै ५ अर्ब ठगी आरोपमा ६ जना पक्राउ

 काठमाडौंमा ब्यापारिक सटरहरुको स्वामित्व दिने भन्द ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै झण्डै एक हजार ३ सय जनाबाट करिब ५ अर्ब रुपैयाँ उठाएर ठगी गरेका कलंकी डेभलपर्स प्रालि र मिला ल्याण्ड डेभलपर्सका ६ जना सञ्चालक पक्राउ  परेका हुन् ।पक्राउ पर्नेमा मिला ल्याण्ड डेभलपमेण्ट प्रालिका अध्यक्ष नरेन्द्र बज्राचार्य तथा निर्देशकहरू राजेशकृष्ण सिंह श्रेष्ठ, शान्ति रमण पंगेनी, निरञ्जन कुमार श्रेष्ठ, राजु महर्जन र चिरञ्जीवी पौडेल रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँमा कलंकी ट्रेड सेन्टर (केटीसी)का करिब ४ सय जना लगानीकर्ता र नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी)का १५ जना लगानीकर्ताको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा पक्राउ गरिएको हो ।उनीहरुविरुद्ध ठगी मुद्दामा अुनसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया