समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन्  । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि परराष्ट्र मन्त्रालयको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै  उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए । प्रधानन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाइने जानकारी दिए । 

रूस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासंघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको जानकारी गराए । 

प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल समेत गठन गरिएको जानकारी दिए । बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको उनको भनाइ छ । 

प्रतिक्रिया