लागुऔषधको हट स्पट बन्दै झापा, ११ महिनामा ११३ कारोवारी र सेवनकर्ता पक्राउ

झापा लागु औषधको हट स्पट बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । दैनिक पक्राउ पर्ने कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या र लागु औषधको परिणामले यसलाई पुष्टि गरेको हो । खुला सीमाका कारण लागु औषध नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको छ । 
लागु औषध नियन्त्रणकालागि जनचेतना अभिबृद्धि, छलफल, अन्तरक्रिया सहित बभिन्न कार्यक्रम गरिए पनि लागु औषधको जालो बढ्दो अवस्थामा छ । बिर्तामोडमा मात्र ११ महिनामा ६९ वटा लागु औषधका मुद्दा र १ सय १३ जना कारोवारी र सेवनकर्ता पक्राउ परेको प्रहरीको तथ्याङ्क छ । 
बिशेष गरी दमक, कांकरभिट्टा, भद्रपुर , बिर्तामोड सहित जनघनत्व बढी भएका शहर बजारमा लागु औषध डरलाग्दो रुपमा फैलिएको छ । झापामा आर्थिक बर्ष २०७९ ÷८० को तुलनामा २०८०÷८१ मा मुद्दा दर्ताको सङ्ख्या, मानिस पक्राउ र लागु औषधको परिणाम बढ्दो छ । ७९÷८० मा २०६ वटा मुद्धा दर्ता, ३३६ पक्राउ र ब्राउन सुगर बरामद १ केजी ५ सय ५८ मिलिग्राम र गाँजा १५ केजी ७ सय ग्राम रहेको प्रहरीको तथ्याङ्क छ ।।

प्रतिक्रिया