राजदूत सिफारिसको मापण्दड बनाएर रास्वपाले माग्यो आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा। अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो । 
मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ । पहिलो मापदण्डमा  नेपालको संविधान, प्रचलित काननू , तथा राजदतू नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ।
सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी  राजदूतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिने संयोजक खनालले बताए। 
असार ६ मा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबण्डा भएको थियो । सोही अनुसार सरकारले असार ७ मा ८ देशका लागि राजदूत सिफारिस गरेको थियो। 

एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाका २ र माओवादीका १ जना राजदूतमा सिफारिस भइसकेका छन् भने रास्वपाको भागमा परेको दुई र माओवादीको भागका १ जनाको सिफारिस हुन बाँकी छ ।

प्रतिक्रिया