फलेवास नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक

पर्वतको फलेवास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि  ७१ करोड २८ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शोभाकुमारी क्षेत्रीले १५ औं नगरसभामा पुँजीगत तर्फ  १८ करोड  ६ लाख , चालुतर्फ  ५३ करोड २२ लाख ४२ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेकी हुन । नगरले पुँजीगत शर्सत  ९ करोड ३६ लाख १८ हजार यसै गरी  आन्तरीक तर्फ ८ करोड ७० लाख  गरी १८ करोड  ६ लाख ३८ हजार बिनियोजन गरेको छ । नगरको आर्थिक विकासमा  ४ करोड  ६८ लाख ३६ हजार  सामजिक विकास तर्फ  ३९ करोड  १८ लाख  र पुर्वाधार तर्फ  १८ करोड  ६ लाख ३८  हजार बिनियोजन भएको छ । नगरपालिकाले अति बिपन्न, कडा रोगी तथा ग र घ बर्गका अपाङ्गता भएका परिवारका लागि निःशुल्क बिमा, बिदेशबाट फर्किएका तथा बेरोजगार युवाहरुको सीप उपयोग गर्न पशु र कुखुरापालनमा अनुदान लगायतका योजना समेत ल्याएको छ । यस्तै कृषि उत्पादनको बजारीकरण , सिँचाईको क्षेत्रफल विस्तार भने नगरका  ११ वटै वडामा  कालोपत्रे बाटोको पहुँच ,मनमोहन शान्ती बाटिका, नगर अस्पताल, लगायतका योजनाहरुलाई तिब्रताका साथ अगाडी बढाउने नगरले जनाएको छ । 
 

प्रतिक्रिया