संखुवासभाका नुम–आम्राङ सडकखण्ड निर्माणका लागि चट्टान बिस्फोट

संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ स्थित नुम–आम्राङ सडकखण्ड निर्माणका लागि विस्फोट गरिएको छ । नुमदेखि आम्राङ जोड्ने सडकको आम्राङ खोलामा कडा चट्टान भेटिएपछि आइतबार बिस्फोट अर्थात ‘ब्लास्टिङ’ गरिएको हो । सडक अरुण तेस्रो जलविद्युत आयोजनाको लगानीमा सामाजिक विकास कार्यक्रम अन्तर्गत सो सडक निर्माण गरिएको हो । सडकवाट मकालु गाउँपालिकाका १, २, ६ र ५ का सोलाखानी र आम्राङ गाउँलाई यातायातको पहुँचमा सहज हुनेछ ।  
यसअघि सडक निर्माणका क्रममा चटान फुटाउन विभिन्न प्रयासहरु गरिए पनि सफल हुन सकेको थिएन । सडक खुलाउन विष्फोटक पदार्थ प्रयोग गर्नु पर्ने भएपछी लामो समय देखि निर्माण कार्य रोकिएको थियो । गत वर्ष नै चट्टान बाहेकका सडकखण्ड निर्माणको काम सकिएको ठेकेदार कम्पनीले जनाएको छ । 
२०७९ असोजमा आर पि कन्स्ट्रक्सन सिन्धुपाल्चोकले एक करोड ३० लाख लागतमा ३ किलोमिटर सडक निर्माणको जिम्मा लिएको थियोे । ८ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनी कडा चट्टानका कारण सडक रोकिएको थियो । सडक केही महिनापछि पुर्ण रुपमा सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।। 
 

प्रतिक्रिया