रोपाइँमा ब्यस्त समयमा मलको अभाव कायमै
किसानले सहजै मल नपाउने समस्या यो वर्ष पनि दोहोरिएको छ । देशभरका किसान रोपाइँमा ब्यस्त रहेको समयमा रासायनिक मल पर्याप्त उपलब्ध हुन नसकेको हो । रासायनिक मल खोज्दै साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले तोकेका विक्रेताकहाँ पुगेका किसान रित्तो हात्त फर्किन बाध्य भएका हुन । कृषि मन्त्रालयले साल्ट टेडिङ र कृषि सामग्री कम्पनीका गोदाममा करिब ९० हजार टन रासायनिक मल स्टक रहेको जनाएको छ । चालु आर्थिक वर्षमा साढे चार लाख टन मल भित्रिन लागेकाले अभाव नहुने दाबी सरकारको छ ।
सरकारले रासायनिक मल खरिदका लागि वार्षिक ३० अर्ब रुपैयाँ खर्चने गरेपनि किसानले समयमा पाउने गरेका छैनन । यूरिया, डीएपी र पोटासमा गरी ६५ प्रतिशत अनुदान सरकारले दिदै आएको छ ।
प्रतिक्रिया