रुसको दागिस्तान क्षेत्रमा सशस्त्र समूहको आक्रमण, पन्ध्र प्रहरीसहित सत्र जनाको मृत्यु

रुसको उत्तरी काकेशसस्थित दागिस्तानमासशस्त्र आक्रमणकारीको आक्रमणमा १७ जनाको मृत्यु भएको छ । दागिस्तानमा एक पर्व मनाइँदै गर्दा  आक्रमण भएको हो । आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा यहुदी पूजास्थल अर्थात् सिनागग र प्रहरी चौकीमा आक्रमण गरेका छन । आक्रमणमा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । आक्रमणकारीतर्फ पनि ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र आक्रमणकारीहरूले शताब्दीयौं पुरानो चाडपर्व मनाइने सहर डर्बेन्ट र मखाचकलालाई निशाना बनाएका हुन । आक्रमणकारीको अझै पहिचान हुन सकेको छैन । रुसी प्रहरीले आक्रमणको अनुसन्धान सुरु र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । कालो कपडा लगाएका आक्रमणकारीले प्रहरीको गाडी र आपत्कालीन सेवाको टोलीलाई आक्रमण गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।  डर्बेन्टमा आक्रमणकारीहरूले पहिले एउटा सभाघरमा गोली हानेपछि त्यसमा आगजनी गरेका थिए । दागिस्तान रुसको सबैभन्दा पिछडिएका मुस्लिम बाहुल प्रान्त हो ।
 

प्रतिक्रिया