कोपा अमेरिका फुटबल: उरुग्वेले पानामालाई हरायो, मेरिकासँग बोलिभिया स्तब्ध
उपाधिको बलियो दाबेदार उरुग्वे र आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत लिएका छन् । कीर्तिमान १५ पल्टको च्याम्पियन उरुग्वेले सोमबारको समूह ‘सी’ को खेलमा पानामालाई ३–१ ले हराएको हो । उरुग्वेका लागि म्याक्सिमिलिनो, डारविना नुनेज र माटिस भिनाले गोल गरे । पानामाका लागि माइकल आरिमले एक गोल फर्काए । त्यस अगाडि समूह ‘सी’ कै खेलमा अमेरिकाले बोलिबियालाई २–० ले पराजित गरेको थियो । अमेरिकाका लागि क्रिस्टियन पुलिसिच र फ्लोरिन बालोगनले एक एक गोल गरे । जितपछि समुह सी मा अमेरिका र उरुग्वेले महत्वपूर्ण तीत तीन अंक हासिल गरेका छन । अमेरिकाले अब दोस्रो खेलमा पानामासँग खेल्नेछ भने बोलिभियाले उरुग्वेको सामना गर्नेछ ।
प्रतिक्रिया