चुरे संरक्षणका लागि २० दिन हिँडेर आएकाहरूलाई भेट्न सरकारका कोही गएनन्: सांसद पौडेल


नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गरका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै शुरु गर्नुपर्ने बताए । 
सांसद पौडेलले चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको बताए । उनले चुरे संरक्षणका लागि काठमाडौं आएकाहरूलाई भेट्न सरकारका कोही पनि प्रतिनिधि नपुगेको बताएका छन्।

सप्तरीबाट ५७ दिनअघि २० दिन हिँडेर काठमाडौं आएका उनीहरू माइतीघर मण्डलमा ३२ दिनदेखि धर्नामा रहेको पौडे‍लको भनाइ छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘३२ दिनदेखि सिंहदरबारनजिकै माइतीघरमा उहाँहरू धर्नामा हुनुहुन्छ, चुरे संरक्षणको आवाज सिंहदरबार छिराउन सकिन्छ कि भनेर पर्खेर बस्नुभएको छ। उहाँहरूलाई भेट्न म गएको थिएँ, आजसम्म सरकारका कोही प्रतिनिधि भेट्न गएको छैन।’

उनीहरूले व्यक्तिगत नभई ५१ प्रतिशत जनतासँग जोडिएको विषय उठान गरेकोले सरकारले नै गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए।

प्रतिक्रिया