नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री दाहाललाई गगनको सुझाब

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् । नटेर्ने मन्त्री फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने थापाले बताए । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सचेत गराएका छन् ।

‘सभामुख महोदय, स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीसँग भेट्नुभएछ । अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ । अनि प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेनन् । प्रधानमन्त्रीलाई कति पटक भन्ने हो यो रु यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरबार, बालुवाटारबाट डेरा सर्ने,’ थापाको भनाइ थियो । 
महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए । 

महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजबिजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे । 

प्रतिक्रिया