जिवी राईलाई गृहमन्त्रीले भगाउन खोजेको कांग्रेस महामन्त्री शर्माको आरोप

नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गरेका छन । आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राई बसेको स्थान पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गरेका हुन । सांसद शर्माले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गरे । 
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले  देशलाई जिबी राईको लोकेशन नभइ जिबी राई नै चाहिएको बताए । मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने उनको भनाइ छ ।

प्रतिक्रिया