विश्वव्यापी आर्थिक संकटको मारमा नेपालपनि परेको छ:  मन्त्री तामाङ

सरकार पर्याप्त बजेट व्यवस्था गर्न समेत कठिन अवस्थामा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सरकार प्रतिवद्ध रहेको बताएका छन । आज काठमाडौंमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा उनले अहिले विश्वव्यापी रुपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित रहेको बताएका हुन । मन्त्री तामाङले आर्थिक संकटका कारण चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न कठिन भइरहेको उल्लेख गरे । 
मन्त्री तामाङले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताए । प्रज्ञा प्रतिष्ठानको तर्फबाट सरकार समक्ष नयाँ र सिर्जनात्मक प्रश्ताव नआएका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजि गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवद्र्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने काम भइरहेको प्रति खुशी प्रकट गरे । मन्त्री तामाङले सात वटै प्रदेशको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, भाषिक, साहित्यिक विषयको खोज, अन्वेषण गरी दिग्दर्शन प्रकाशनका लागि सरकारको तर्फबाट पूर्ण समहर्थन रहने बताए । 


 

प्रतिक्रिया