आँपले राम्रो मुल्य पाएपछि मधेसका किसान उत्साहित

यो बर्ष आँपले राम्रो मुल्य पाएपछि मधेसका किसान उत्साहित देखिएका छन ।  गत वर्षअघिसम्म व्यापारीलाई निकै सस्तोमा आँप परेपनि यो बर्ष  स्थानीय बजारमै प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा आप बिकेको छ । आँपको बगान नै व्यापारीलाई बेच्दा पनि विगतका वर्षभन्दा यसपालि राम्रै मूल्य पाएको किसानको भनाइ छ । आँपको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले स्थानीय तहले समेत सहयोग गरेपनि किसानलाई सजिलो भएको छ । तर मधेसमा ३५ देखि ५० रुपैयाँसम्ममा पाउने आँप काठमाडौंमा १०० रुपैयाँसम्ममा बिक्री भइरहेको देखेर किसान अझै सन्तुष्ट देखिएका छैनन । सिरहा जिल्लाभरमा आँप उत्पादन हुने ९ हजार ५ हेक्टर क्षेत्रफलमा गत वर्ष ८ हजार ८ सय ९५ टन आँप उत्पादन भएको थियोरु। यसपाला चाहिँ केही घट्ने कृषि ज्ञान केन्द्र, सिरहाको अनुमान छ । 

प्रतिक्रिया