सुनको मूल्यमा २ हजार ७ सय रुपैयाँले गिरावट

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

प्रतिक्रिया