कर्णालीको खेलकूद पूर्वाधार निर्माणमा क्षमता अनुसार लगानी गरेको छ: मुख्यमन्त्री कडेल

कर्णाली प्रदेशसका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेश सरकारले  क्षमता अनुसार खेलकूद पूर्वाधार निर्माणमा लगानी गरेको बताएका छन । सुर्खेतको वीरेन्द्रनगर कालीन्चोकमा नवनिर्मित क्रिक्रेट मैदानमा आयोजित मुख्यमन्त्री कप कर्णाली प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री कडेलले कर्णाली प्रदेश सरकारले प्रदेशको खेलकूदलाइ केन्द्रमा राखेर प्रदेशको क्षमता अनुसार लगानी गरेको उल्लेख गरेका हुन । आगामी मंसिरमा कर्णाली प्रदेशमा हुने दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल गराउने कुरामा प्रदेश सरकार सचेत रहेको मुख्यमन्त्री कडेलको भनाइ थियो ।
मुख्यमन्त्री कप कर्णाली प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका दश जिल्ला मध्ये सात जिल्लाका सात टिम सहभागी छन् । प्रतियोगितामा हिमाली जिल्ला डोल्पा, मुगु र हुम्ला जिल्ला भने सहभगि । मुख्यमन्त्री कप कर्णाली प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः एक लाख एक हाजर र ५१ हजार नगदसहित ट्रफि र मेडल पाउने छन् भने यो प्रतियोगिता असार १४ गते सम्म सञ्चालन हुनेछ ।  

प्रतिक्रिया