कर्णाली र सुदूरपश्चिममा मनसुनी प्रणाली सक्रिया भएन

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै मनसुनी प्रणाली पुग्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको १३ दिन भैसक्दा पनि दुई प्रदेशमा मनसुन सक्रिय हुन बाँकी रहेको हो । सामान्यतया मनसुन भित्रिएको एक हप्ता आसपासमा देशभर फैलने गरेकोमा यस वर्ष केही ढिला भएको हो । केही दिनमै मनसुन देशभर फैलने मौसमविदको अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । मनसुन नपुगे पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी भने पर्दै आएको छ ।  जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ ।। 
 

प्रतिक्रिया