प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ । केही बेरमा बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले ह्विप जारी गरेको छ । गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि बैठक अघि आज संसदीय दलको बैठक बोलाएको छ । त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ  आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ । यस्तै, आजको राष्ट्रियसभा बैठकमा भने उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया