युक्रेनको उर्जा पूर्वाधार क्षेत्रमा रुसको भीषण आक्रमण, तीन जनाको मृत्यु

रसियाले युक्रेनको उर्जा पूर्वाधार क्षेत्रमा भीषण आक्रमण गरेको छ । गएराति तीन महिनामा उर्जा पूर्वाधार क्षेत्रमा रसियाले आठौँ आक्रमण गरेको हो । एयर डिफेन्स सिस्टममार्फत १६ मध्ये १२ क्षेप्यास्त्र र १३ वटा ड्रोन उर्जा पूर्वाधार क्षेत्रमा प्रहार गरिएको युक्रेनको एयर फोर्सले जनाएको छ । युक्रेनको उत्तर पूर्वी क्षेत्र खार्किभमा रसियाले प्रहार गरेको बमबाट तीनजना मारिएको र कम्तीमा १८ जना घाइते भएको जनाइएको छ । कम्तीमा चार वटा विस्फोटन सहरमा सुनिएको बताइएको छ । नागरिकको पूर्वाधार क्षेत्रमा भएको यो एउटा आतंककारी आक्रमण भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेह सिनिहुबोभले बताएका छन ।  रातारात गरिएको सो आक्रमणमा दुईजना उर्जासम्बन्धी कर्मचारी घाइते भएका छन । दक्षिण पश्चिम क्षेत्रमा पनि एउटा घर र किन्डरगार्टेनमा क्षति भएको बताइएको छ ।। 

प्रतिक्रिया