रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ असार १८ मा

गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले असार १८ गते फेरि सुनुवाइ गर्ने भएको छ । लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गरिएको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ।

रिटमा न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासले शुक्रबार दिनभर बहस सुन्दा पनि नसकिएपछि अर्को सुनुवाइ असार १६ गतेलाई सरेको हो ।

उक्त रिटमा यसअघि सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारी ठगीसम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियो।

 

प्रतिक्रिया