दक्षिणी चीनमा मुसलधारे वर्षाका कारण दशौं हजार मानिस विस्थापित

दक्षिणी चीनमा मुसलधारे वर्षाका कारण दशौं हजार मानिस बिस्थापित भएका छन । बर्षापछिको बाढीका कारण गुआङदोङ प्रान्तको मैझूमा ९ जनाको मृत्यु  भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन । सोंग्युयन र शिकु नदीमा ठूलो बाढी आउदा हजारौं विस्थापित भएका हुन । यो हप्ताको सुरूमा १० हजारभन्दा बढी मानिस मैझू क्षेत्रबाट विस्थापित भएका थिए । सो क्षेत्रमा करिब १३ हजार मानिस विद्युत बिहीन अवस्थामा रहेका जनाइएको छ । १२ करोड भन्दा बढी मानिस बसोबास गर्ने दक्षिण चीन पछिल्ला बर्षहरुमा बाढीको चपेटमा पर्दै आएको छ । चीनका वैज्ञानिकहरूले मौसम अझै नियमित रूपमा यसै हिसाबले अघि बढ्न सक्ने जनाएका छन् ।

प्रतिक्रिया