योगलाई कुनै धर्म र जातमा सिमित गर्नु हुँदैन: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले योगलाई कुनै धर्म र जातमा सिमित गर्नु नहुने बताएका छन ।  १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले योग नेपाल भूमिबाट नै शुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सिमित नहुने बताएका हुन । अध्यक्ष ओलीले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए । 
अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योग भनेको अनुशासित र पवित्र जीवन रहेको भन्दै उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे । 
 

प्रतिक्रिया