क्रसर व्यवसायीहरुको आन्दोलनलाई निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ । आज माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा महासंघको तर्फबाट ऐक्यवद्धता जनाएका हुन । उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताउनु भयो । उहाँले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपत्ति जनाए । 
महासचिव दाहालले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्व उनीहरुका माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारे । क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने भन्दै उनले  काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपत्ति जनाएका हुन । क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन् ।। 

प्रतिक्रिया