शिक्षाको विकासका लागि कर्णाली प्रदेशमा एकीकृत परियोजना आवश्यक: मुख्यमन्त्री कंडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले शिक्षाको विकासका लागि कर्णाली प्रदेशमा एकीकृत परियोजना आवश्यक रहेको बताएका छन । कर्णाली प्रदेशमा शिक्षाको गुणस्तर अभिबृद्धि परियोजनाको बैठकलाई आज सम्बोधन गर्दै उनले कर्णाली प्रदेशका अधिकांस नागरिकको आर्थिक अवस्था कमजोर रहेकोले शिक्षामा पनि पछि परेको भन्दै एकीकृत परियोजनामा जोड दिएका हुन । मुख्यमन्त्री कंडेलले कर्णालीमा शिक्षाको अवस्था विगतभन्दा सुधार हुँदै गएको बताए । 
मुख्यमन्त्री कँडेलले अभिभावकहरु कमाइकाजका लागि देशभित्रै र भारतसम्म मौसमी कामदारका रुपमा जाने गरेको र उनीहरुसंगै बालबालिका पनि जाने हुँदा विद्यालय तहको पढाई प्रभावित हुने गरेको बताए । शिक्षाको सुधारका लागि सरकारका तर्फबाट प्रयास भैरहेको भन्दै संघ संस्थाबाट सञ्चालन हुने परियोजनाले कर्णाली प्रदेश सरकार र स्थानीय सरकार सँग सहकार्य गरेर काम गरे सरकार र जनताको पनि सहयोग रहने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे । 
 

प्रतिक्रिया