पोखरा रंगशालामा एकैसाथ पाँच हजार जनाले गरे योग

पोखरा रंगशालामा आज एकसाथ पाँच हजार जना सर्वसाधारणले योग गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको संयुक्त आयोजनामा भएको कार्यक्रममा पाँच हजारले सहभागिता जनाएका हुन । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवन, तन्दुरुस्ती र अनुशासनका लागि योग आवश्यक रहेको बताए । शिविरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको माध्यमबाट नेपाल र भारतबिचको सदियौंदेखिको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक स्वस्थमा उल्लेख्य सहयोग गर्ने उल्लेख गरे । पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय दूतावासले आयोजन गरेको हो ।

प्रतिक्रिया