काठमाडौंबाट दिल्ली जाँदै गरेको बसबाट तीन करोड बराबरको भेप बरामद

काठमाडौंबाट दिल्ली जाँदै गरेको बसबाट पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) बरामद भएको छ । बस जाँचका क्रममा भेप सहित पाँच जनालाई नियन्त्रणमा लिएको हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–११, थानाभ¥याङमा सुरक्षा जाँचका क्रममा ना ६ ख ७१६३ नम्बरको बसबाट भेप र पाँच जनालाई नियन्त्रणमा लिइएको हो । बसमा लुकाएर लगिरहेको अवस्थामा ५८ कार्टून भेप फेला परेको प्रहरीको भनाई छ । भेप ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का सलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का ३९ वर्षीय इन्द्रबहादुर दर्जी रहेका छन् । त्यस्तै  ३० वर्षीय सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका–१६ का राजकुमार हिमाङ पक्राउ परेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया