नर्वाचन आयुक्तमा प्रश्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाई प्रक्रिया शुरु

निर्वाचन आयुक्तका लागि प्रश्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रश्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो । संवैधानिक परिषद्को गत असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तामा सिफारिस गर्ने निर्णय गरेको थियो । निर्वाचन आयुक्तका लागि प्रश्तावित व्यक्तिबारे कुनै उजुरी वा सूचना भएमा समिति समक्ष दिनका लागि उजुरी आह्वान गर्न समितिको सचिवालयलाई निर्देशन दिने निर्णय गरिएको समितिले जनाएको छ । 
प्रधान विगत दुई दशक बढी नेपाल कानून समाजका कार्यकारी निर्देशकको जिम्मेवारी रहनुभएको थियो । राजनीतिशाष्त्रका स्नातकोत्तर गर्नुभएका प्रधान नागरिक अगुवाहरुको आन्दोलनमा पनि सक्रिय रहँदै आएका थिए । प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । यसरी नियुक्त भएका निर्वाचन आयुक्तको पदावधि ६ वर्षको हुनेछ । 

प्रतिक्रिया