रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन् ।  दोस्रो स्थापना दिवसको अवसरमा उनले रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको  दाबी गरेका हुन । देश तथा विदेशका टोल–टोल वस्ती–वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई घण्टीमा रूपान्तरण गरेर दुई वर्षमा हल्ला नै नगरी सिंहदरबार पसेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले बताएका हुन । चार मन्त्रीले सिंगो देशको ध्यान तानिरहेको उनको दाबी छ । सभापति लामिछानेले रास्वपा आफ्नो उद्देश्यमा अडिग रहेको पनि उल्लेख गरेका छन । कठिनाइ  नचिरी पार्टी स्थापित हुन नसक्ने भन्दै उनले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्ने पनि जनाएका छन । विश्वास गर्ने एक दुई जना मात्र हुँदा पनि हिँड्ने आँट गरेको समेत सभापति लामिछानेले उल्लेख गरेका छन ।  घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि  बसेको पनि उनको भनाइ छ । 

प्रतिक्रिया