योग नेपालको आम जीवन पद्धति हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन । विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताए । प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि समेत उल्लेख गरे । 
प्रधानमन्त्री दाहालले नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने उनको भनाइ थियो । नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति रहेको पनि प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले प्राकृतिक हिसावले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको बताए ।

प्रतिक्रिया