किर्ते उपभोक्ता समिति गठन गरि सडक खनेको भन्दै स्थानीयद्धारा अदालतमा उजुरी
किर्ते उपभोक्ता समिति गठन गरेर सडक खनेको भन्दै जैमुनी नगरपालिका वाग्लुङ्गका स्थानीयले अदालतमा उजुरी दिएका छन । जैमुनी नगरपालिका नौ मा रहेको गायक टोल बुढा घर थापा डाँडा सडक निर्माणमा आफु सहमत नभएको भन्दै स्थानीय अदालत गएका हुन । असारमा बजेट सक्न आवश्यता र माग नै नभएको स्थानीयको किर्ते हस्ताक्षर गरेर सडक निर्माण गरिएको स्थानीयको भनाइ छ ।
माग नै नभएको ठाउँमा घरखेती जाने गरी नगरपालिकाले सडक खन्न थालेपनि घरवारी जोगाउन स्थानीय अदालत गएका हुन । गायक टोल बुढा घर थापा डाँडा सडकको जैमुनी नगरपालिकाले कीर्ते कागजात बनाएर टेण्डर आह्वान भएको स्थानीयको आरोप छ । सडकका कारण दुई दर्जन घर जोखिममा परेका छन ।
प्रतिक्रिया