रंगेली-पथरी सडक निर्माण पूरा नहुँदा स्थानीयलाई सास्ती
मोरङको रंगेलीदेखि पथरी जोडने सडक निर्माण पाँच बर्षदेखि पूरा नहुँदा स्थानीय सास्ती ब्यहोर्न बाध्य छन । रंगेलीदेखि गान्धि आश्रम हुदै पथरी जोडिने गान्धि सडक लामो समयदेखि पूरा हुन नसकेको हो । रंगेली नगरपालिकाको ७ वडा नम्बरस्थित भोटुवावु चोकदेखि रंगेली–६ स्थित सुनवर्सिको टकुवा सिमासम्मको सडक जिर्ण हुँदा स्थानीयले मार खेप्नु परेको हो ।
२०७६ कात्तिकमा एक अर्ब ५५ करोड ७३ लाखमा २५ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएपनि अझै पुरा नभएको हो । भोटोबाबु चोकदेखि सुनवर्सि नाकासम्म नगरपालिकाले ५२ फिट सडक निर्माणका लागि सम्पूर्ण हटाएर पूर्ण रुपमा हटाएर खाली गराएपनि ठेकेदारले काम अघि बढाएको छैन ।
प्रतिक्रिया