रास्वपा स्थापनाको दुई बर्षमा पनि बा¥ह जिल्ला संगठन विहिन, महाधिवेशन अन्यौलमा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा आजबाट स्थापनाको दुई वर्ष पार गरेको छ । २०७९ साल असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा घोषणा भएको थियो । स्थापना दिवसको अबसरमा आज पार्टी कार्यालय बनस्थलीमा चियापान कार्यक्रम गरेको छ ।  रास्वपा सघंीय संसदमा चौथो ठुलो दलको रूपमा छ । ३५० पालिका र करिब १५ सय वडामा पार्टी संरचना र स्थापनाको दुई वर्षमा करिब २ लाख ४० हजार पार्टी सदस्य पुगेको छ । कर्णाली प्रदेशका १० र गण्डकीका २ मनाङ र मुस्ताङ गरी १२ जिल्ला रास्वपाका जिल्ला कमिटी समेत गठन भएको छैन । २१ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा पनि १२ जना मात्रै छन् ।  रास्वपाले पार्टीको विधानमा आम निर्वाचन भएको एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने भनेपनि अझै अधिवेशन प्रक्रिया अघि बढेको छैन ।। 
 

प्रतिक्रिया