अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर मनाइँदै
जुन २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । नेपालसहित विश्वभर मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको सानोथिमीस्थित एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सहभागी भएका छन । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुर थिमी चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया