स्पेन लगातार दोस्रो जितसँगै युरोकपको नकआउट चरणमा प्रवेश

युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा स्पेन लगातार दोस्रो जितसँगै नकआउट चरण प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेनले इटालीलाई १–० ले पराजित गरेको हो । इटालीका रिकार्डो कालाफियोरीले आफ्नै पोस्टमा गोल नै खेलमा निर्णायक भयो । यसअघि समूहचरणको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो । तुलनात्मक रुपमा बिहीबारको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएपनि इटालिले सोचेअनुरुप प्रदर्शन गर्न सकेन । त्यस्तै, अर्को खेलमा इंग्ल्यान्ड सुरुवाती अग्रताका बाबजुत डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकियो । समूहमा पहिलो खेल जित्दै नकआउटको सम्भावना नजिक रहेको इंग्ल्यान्ड डेनमार्कसँगको बराबरीले अन्तिम खेल अगाडि नकआउट चरण पुग्न असफल रह्यो । खेलमा ह्यारी केनको गोलमार्फत १८ औं मिनेटमा इंग्ल्यान्डले अग्रता लिएको थियो ३४ औं मिनेटमै मोर्टेन हजुलमान्डले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भयो । यसअघि हिजै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका थिए ।। 
 

प्रतिक्रिया