खराब सहकारीलाई छानविन गरी कारबाही गर्ने सरकारको नीति छ: सहकारीमन्त्री
भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले खराब सहकारीलाई छानविन गरी कारबाही गर्ने सरकारको नीति रहेको बताएका छन् । विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्न दिँदै मन्त्री अधिकारीले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने,र नराम्रो काम गर्ने सहकारीलाई दण्डित गर्ने सरकारको नीति रहेको बताएका हुन् । मन्त्री अधिकारीले पछिल्लो समय सहकारीमा देखिएका बेथितिहरु सहकारीको मर्म भावना र उद्देश्य अनुरुप काम नगरेर व्यापारको रुपमा काम गरेको विषयलाई मध्येनजर गर्दै एक व्यक्ति एक सहकारी सदस्य रहने कानूनी व्यवस्था गरेको बताए । केन्द्र सरकारसँग देशभर १४५ र २७ सय बढी सहकारी प्रदेशमा तथा बाँकी स्थानीय तहमा दर्ता रहेको जानकारी दिए । उनले अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि कार्यविधि बनाएर अगाडि बढाउने जानकारी दिए ।
मन्त्री काम गर्न खोज्दा अन्तरमन्त्रालय बाझिएर काम गर्न नसकिएको भन्दै भूमि सम्बन्धि अहिलको समस्या समाधान गर्न एकिकृत ऐन ल्याउन जरुरी रहेकोमा जोड दिए ।।
प्रतिक्रिया