मागलाई सम्बोधन गर्ने गरी बजेट प्रस्तुत भएको उद्योगमन्त्री भण्डारीको दाबी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताएका छन् । विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी बजेट प्रश्ताव गरेको बताए । उनले सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको उल्लेख गरे । उद्योग मन्त्री भण्डारीले बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिने उल्लेख गरे ।
उनले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने  र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी रहेको बताए । 

प्रतिक्रिया