आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मलको अभाव नहुने कृषिमन्त्री शाहको दाबी

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले कृषि क्षेत्र अघि बढाउन सकेमा देशको आर्थिक क्षेत्र अघि बढ्ने बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री शाहले कृषि क्षेत्रलाई अघि बढाउन सकेमा आर्थिक क्षेत्र अघि बढ्ने बताएकी हुन् ।
मन्त्री साहले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् । ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको अवस्थामा थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै उनले मलको आवश्यकता पूरा हुने बताइन् ।उनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट पारिन् । मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताइन् ।

प्रतिक्रिया