अति भयो ! २१ अर्ब खर्च हुँदा पनि बागमतीको दुर्गन्ध हटेन: सांसद चालिसे

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बागमती नदी सफाई अभियानमा २१ अर्ब खर्च भएपनि दुर्गन्ध नहटेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चालिसेले ३१ वर्ष अघिदेखि सुरू भएको बागमती सफाइ अभियानमा अहिलेसम्म २१ अर्ब भन्दा बढी खर्च भएको तर सफा नभएको बताएका हुन्। 

'आजसम्म २१ अर्ब खर्च भइसक्दा पनि दूर्गन्धित बाग्मती देख्न परिरहेको छ। यसको किनारा रहेका ठूला ठूला मठ मन्दीरहरू दुर्गन्धित भएका छन्। बागमतीमा कसैले पनि जल प्रयोग गर्दैन। हात चोपल्न पनि गाह्रो मान्छ,' उनले भने। 

यसपालि बागमती सफाइका लागि २ अर्ब ७५ करोड बजेट छुट्ट्याएको र गत वर्ष पनि २ अर्ब पनि ५२ करोड रूपैयाँ छुट्याइएको तर सफाइ नभएको बताएका हुन्।

 १३० जना कर्मचारी भएपनि ९ महिनादेखि अध्यक्ष  नियुक्ति हुन नसकेको भन्दै सांसद चालिसेले भने, 'अब अति नै भयो। चाँडोभन्दा चाँडो बागमती नदी सफा हुन पर्‍यो।' 

प्रतिक्रिया