आफूले बोल्ने दिन सांसदमा सबै मन्त्री-सांसद उपस्थित नभएकोमा प्रधानमन्त्री असन्तुष्ट

 प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सम्बोधन गर्ने दिन संसद्‌मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको अवसरमा बोल्ने क्रममा प्रधानमन्त्रीले उक्त असन्तुष्टि प्रकट गरेका हुन् । 
उनले भने, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्तापक्ष र प्रतिपक्ष पनि सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो। तर, क्रमशः त्यो पातलिन थालेको छ। यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला। यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ।’
प्रधानमन्त्री प्रचण्डले सबैभन्दा कम बजेट विनियोजन भएको योजना स्थानीय तहबाट र त्यो भन्दा योजना प्रदेश तहबाट कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए । ३ करोड भन्दा कम बजेट प्रदेश र स्थानीय तह मार्फत कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया