काम छाडेर आन्दोलनमा उत्रिए कोशी प्रदेशका लेखा अधिकृतहरु

कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरुले काम छाडेर आन्दोलन सुरु गरेका हुन् । आर्थिक वर्षको अन्त्यमा लेखा अधिकृत पेन डाउन आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी रोकिएको छ । आज र भोलिका लागि पेन डाउन घोषणा गरेको प्रदेश लेखा समूह कोशी प्रदेशले ऐन संसोधन गरेर वृति विकास न्यायोचित बनाउनु पर्ने माग गरेका छन् । उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् । आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरुका अनुसार संघबाट समायोजन भएका छैठौं तहका अधिकृतको बढुवाको विषयमा प्रदेश ऐनले बोलको छैन । ऐन संसोधन गर्नका लागि पटक पटक आग्रह गर्दा माग सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुको दाबी छ । समायोजन भइ आएका अधिकृत छैटौँ तहका कर्मचारीलाई ज्येष्ठता कायम रहने गरी सातौँ तहमा तह मिलान गर्नुपर्ने उनीहरुको माग छ ।
 

प्रतिक्रिया