मलेसियामा जीबी राई रहेको ठाउँ पत्ता लागिसक्यो: रवि लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताएका हुन् ।  मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाई छ । गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको समेत  बताए । उनले प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उल्लेख गरे । 

प्रतिक्रिया