आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि

सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री प्रचण्डले नै असन्तुष्ट व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताए । 

प्रधानमन्त्रीले बजेटमा जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए । उनले ३ करोड भन्दा कम बजेट विनियोजन भएका योजनाहरू संघले कार्यान्वयन नगर्ने भन्दै प्रदेश र स्थानीय तहबाटै कार्यान्वयनमा लैजाने व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया