भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल भएको छैन: प्रधानमन्त्री दाहाल

विदेश भ्रमणको बारेमा जानकारी चाहनु स्वभाविक भएको टीप्पणी

प्रधानमन्त्री पुष्पकमल दाहालले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्नका लागि नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि पनि यस्ता किसिमका अनौपचारिक भ्रमण हुने गरेको बताए। 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उनी गत जेठ २७ र २८  गने भारत भ्रमणमा गएका थिए। उनले यो पटकको  भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो, यो पटकको भ्रमण त्यो किसिमको नभएको बताए । प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमणको बारेमा बुझ्नु, जानकारी चाहनु स्वभाविक ठानेको पनि बताए ।

प्रतिक्रिया