ओलीलाई गिरिबन्धु टिस्टेटको फाइल खोलेर देखाउन विश्वप्रकाशको चुनौती

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आवेगमा आरोप लगाएपछि कांग्रेसले विवेकले जवाफ दिएको उनले बताए ।
उनले थपे, ‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन । तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल ।’

 उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए । 

 

प्रतिक्रिया