विश्वकपमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केको छ । विश्वकप खेल्न अमेरिकाबाट वेस्ट इण्डिज पुगेको  नेपाली टिम बिहीबार बिहान स्वदेश फर्किएको हो। 

स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरेका छन्।   विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए । दक्षिण अफ्रिकाविरुद्ध नेपालले बेहोरेको एक रनको हार भने चर्चाको विषय बनेको थियो ।नेपाल आफ्नो इतिहासमै दोस्रो पटक टी२० विश्वकपमा सहभागी बनेको थियो ।

प्रतिक्रिया