धुलिखेल नगरपालिकाको ८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पास

धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१–२०८२ सालको वार्षिक बजेट, नीति तथा कार्यक्रम तथा विधेयकहरु पास गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेटमा १० करोड कम बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले आर्थिक वर्ष २०८१–२०८२ को बािर्षक नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख नीराजन जंगमले आर्थिक वर्ष २०८०–२०८१ को यथार्थ स्थिति समीक्षा सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
नगर प्रमुख अशोक ब्याञ्जुले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटको बाँडफाँट र स्रोत व्यवस्थापनको अनुमान सभा समक्ष पेस गरेका थिए । आगामी वर्षको क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ५ करोड ९५ लाख २५ हजार विनियोजन गरेका थिए । कुल विनियोजन मध्ये चालु खर्च तर्फ ६७ करोड ४८ लाख ५३ हजार अर्थात् ६३.६९ प्रतिशत, पुँजीगत खर्च तर्फ ३७ करोड ७६ लाख ७२ हजार अर्थात् ३५.६५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७० लाख अर्थात् ०.६६ प्रतिशत रहेको जानकारी गराएका थिए ।। 

प्रतिक्रिया